नियम ११
बालबालिकाको साथमा उमेर पुगेका व्यक्ति समेत प्रतिवादी भएमा
: (१) कनै कसूरजन्य कार्यको आरोप लागी अनुसन्धान भइरहेका बालबालिकाको साथमा उक्त कसूरमा उमेर पुगेका व्यक्ति समेत प्रतिवादी भएमा अभियोजनकर्ताले बालबालिकाको हकमा बाल अदालतमा अभियोगपत्र दर्ता गरी उमेर पुगेका व्यक्तिको “हकमा प्रचलित कानून बमोजिम त्यस्तो मुद्दाको कारवाही, सुनुवाइ र किनारा गर्ने अधिकारक्षेत्र रहेको अदालतमा अभियोगपत्र दर्ता गर्नु पर्नेछ ।

(२) बाल अदालतको गठन नहुँदै कस्रजन्य कार्यको आरोप लागेका वालवालिका सहित उमेर पुगेका व्यक्ति समेत संलग्न भई त्यस्तो व्यक्तिलाई समेत प्रतिवादी बनाई अभियोग पत्र दर्ता हुन आएकोमा कसूरजन्य कार्यको आरोप लागेको बालबालिकाको हकमा बाल इजलासमा र उमेर पुगेका व्यक्तिको हकमा प्रचलित कानून बमोजिम उक्त मुद्दाको कारवाही, सुनुवाइ र किनारा गर्ने अधिकारक्षेत्र रहेको अदालतमा दर्ता गर्नु पर्नेछ । (३) यो नियमावली प्रारम्भ हँदाका बखत जिल्ला अदालतमा विचाराधीन कुनै मुद्दामा बालबालिका सहित उमेर पुगेका व्यक्ति समेत प्रतिवादी रहेको भएमा बालबालिकाको हकमा बाल इजलासबाट र उमेर पुगेका व्यक्तिको हकमा बाल इजलास हेर्ने न्यायाधीशको इजलासबाट त्यस्तो मुद्दाको प्रचलित कानून बमोजिम कारवाही, सुनुवाइ र किनारा गर्न बाधा पर्ने, छैन ।

(४) यो नियमावली प्रारम्भ हुँदाका बखत जिल्ला अदालत बाहेक अन्य अदालत वा न्यायिक निकायमा सुरु कारबाही र किनाराको क्रममा विचाराधीन: कुनै मुद्दामा बालबालिका सहित उमेर पुगेका व्यक्ति समेत प्रतिवादी भएमा उमेर पुगेका व्यक्तिको हकमा छुट्टै मिसिल खडा गरी सोही अदालत वा न्यायिक निकायबाट र बालबालिकाको हकमा बाल अदालतमा मुद्दा स्थानान्तरण गरी मुद्दाको कारबाही, सुनुवाइ र किनारा गर्नु पर्नेछ ।

(५) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि जिल्ला अदालतको सामान्य इजलास वा अन्य निकायमा सुरु कारवाही र किनाराको क्रममा विचाराधीन कनै मुद्दामा बालबालिका -मात्र प्रतिवादी भएको मुद्दा वाल अदालतमा स्थानान्तरण गरी मुद्दाको कारवाही, सुनुवाइ र किनारा गर्न बाधा परेको मानिने छैन ।

तर त्यसरी मृद्दा स्थानान्तरण भएकै आधार कारणले मात्र पहिले: भए गरेका कारबाही अमान्य वा बदर भएको मानिने छैन ।